कलाकार शम्भु थापाको निधन

-


     मर्दी न्युज    
     भाद्र ५ गते २०७८ मा प्रकाशित


काठमाडौं । कलाकार शम्भु थापाको कोरोना सङ्क्रमणका कारण निधन भएको छ । १८ दिनदेखि उपचाररत थापाको शनिवार पाटन अस्पतालमा निधन भएको हो।

६४ वर्षे थापा चलचित्र ‘आफ्नो बिरानो’ का निर्माता पनि हुन् । थुप्रै चलचित्रमा अभिनय गरेका उनले दर्जनौं टेलीचलचित्रमा अभिनय गरेका छन् । 

‘मदन बहादुर हरिबहादुर’मा पनि उनले अभिनय गरेका थिए ।