रोजिरोटी जोगाउ

-


     हेमराज वास्तोला    
     ५ मंसिर २०७८ मा प्रकाशित


सुन्दैन सरकार !
भरिया र गाइडको ब्यथा ।
सुन्दैन सरकार !
पर्यटन कर्मीका पीडा ।
अझै फलाक्छन,
नेपाल पदयात्राको लागि
स्वर्ग हो रे !

न रह्यो घोरेपानी घान्द्रुक !
न अन्नपूर्ण चक्र !
बिकासे डोजरले खनेर ।
कुर्सीमा बस्नेलाइ के थाहा ?
हिमाली कुना कन्दरामा पुगेर
चुसेको त्यो रसको
त्यो स्वाद ।

कन्तबिजोग नै
बनायौ नि सरकार हाम्रो!
तिम्रा दुरदर्शी आँखा चिम्लेर ।
ती सबै पुराना पर्यटकिय
पदमार्ग मासेर ।

बिस्थापित बनाउने भयौ
अब हाम्लाइ,
सबै अस्थिर कच्ची सडक खनेर,
बाढी पहिराको जोखिम भरेर ।
मनाङ्ग मुस्ताङ्ग अनि डोल्पा
ती बिकासे बाटाले छेडेर !

पैदल हिडेर खाने मेरो ज्याला,
लग्यो जिपको भाडाले चुडेर, उफ !
मिल्थ्यो होला सडक अन्तैबाट लान
नमासी ति पदमार्ग
सर्वेक्षण गरेर ।

तिम्लाइ के थाहा सरकार !
दुई बर्श भयो मैले,
गोबर सैतेर बसेको ।
कोरोनाको कहरले त गर्नु गर्यो
त्यहीँ माथी अझ सरकार तिम्ले
अझै कति गोरेटा मास्ने हौ !
म जस्ताको रोजीरोटी
चुडेर !

ढिला त भैसक्यो
तैपनी, आउ सरकार !
बचेकालाइ नमास्ने प्रण गरौ ।
पदयात्रामा आश्रीत
म जस्ताको थोरै भए पनि
रोजीरोटी जोगाऊ

बरु कसरी हुन्छ
पर्यटकलाई आकर्षित
गर्ने कोसिस गरौ ।
नयां आकर्षणका
ठाउँ खोजेर ।

राजनितिका
लुछाछुडी गरेर
परजिवी नबनाउ
देशको युवा शक्तिलाई
बरु जनतालाइ
स्वाबलम्वी बनाउने
कोसिस गर
सरकार !