फेवाताल किनारमा चलचित्र महोत्सव

-


     मर्दी न्युज    
     पुस २ गते २०७८ मा प्रकाशित


पोखरा । पर्यटकीय सहर पोखराको फेवाताल किनारमा यही पुस १२ देखि १६ गतेसम्म ‘पाँचाै पामे चलचित्र महोत्सव’ हुने भएको छ । नेपाली चलचित्रको स्वदेश तथा विदेशमा प्रवद्र्धन गरी कला, साहित्य, सङ्गीतलाई विश्वभर पु¥याउने लक्ष्यसहित नेपाल संस्कृति केन्द्रले महोत्सव आयोजना गर्न लागेको हो ।

महोत्सवमा ख्यातिप्राप्त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र प्रदर्शनी, कलाका सम्पूर्ण विधा, सङ्गीत, साहित्य, विभिन्न सांस्कृतिक कार्यक्रमका साथमा नेपाली खानाका विभिन्न परिकारसमेत प्रवद्र्धन गरिने आयोजकले जनाएको छ । महोत्सवमा विश्वका २० राष्ट्रका २०० भन्दा बढी चलचित्र एवं कला क्षेत्रका हस्ती, उद्यमी, साहित्यकार, सङ्गीतकार, लेखक सहभागी हुने भएको छ । उनीहरूका बीचमा कला क्षेत्रलाई अन्तर्राष्ट्रियकरण र स्तरीकरण गर्नेबारेमा छलफल गरिने र चलचित्र बजारका सम्भावनालगायत विविध विषयमा मन्थन हुने महोत्सवका संयोजक प्रवीण कार्कीले बताए ।

उनका अनुसार महोत्सवमा चलचित्रको विश्व रङ्गमञ्चका उत्कृष्ट विधाहरूमा उत्कृष्ट, कलात्मक सिर्जना, प्रस्तुति पस्कने चलचित्रकर्मीको प्रोत्साहन र विश्व बजारमा पहिचान निर्माणका लागि पुरस्कृतसमेत गरिने छ । उनले भने, “पोखराको पर्यटन एवं नेपालको रङ्ग क्षेत्रलाई चलायमान गराउने अभियानमा पामे अन्तर्राष्ट्रिय चलचित्र महोत्सव निरन्तर अगाडि बढेको छ । महोत्सवमा विश्वभरबाट आएका लामा चलचित्र, छोटा चलचित्र एवं बृत्तचित्र गरी ९४ वटा दृश्यचित्रको प्रस्तुति रहन्छ ।”

साहित्यकारहरूका प्रस्तुति, विभिन्न सांस्कृतिक कार्यक्रमअन्तर्गत थारू नाच, ¥याम्प वार्क, वेषभूषा सो, गुरुङ नाच, खत्रीहरूको खुकुरी नाचलगायत नेपाली आकर्षक मौलिक प्रस्तुति महोत्सवका आकर्षण रहेका छन् । महोत्सवका अवसरमा कथानक चलचित्र पुरस्कार, लघु चलचित्र पुरस्कार, वित्तचित्र पुरस्कार, विद्यार्थी चलचित्र पुरस्कार, चलचित्र क्रिटिक पुरस्कार र अडियन्स चोइस विधामा अवार्ड र पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ ।

कथानक चलचित्र पुरस्कार राशि रु एक लाख ५० हजार तथा अन्यको रु ६० हजार रहेको छ । महोत्सव कला, साहित्य र चलचित्रको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकलाई भित्र्याउन भूमिका खेल्ने विश्वास आयोजकको छ ।