
नेपालमा दिनहुँ कोरोना भाइरस संक्रमित बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा थप ५०८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ४७४ जनाको पीसीआर परीक्षण गर्दा ४ हजार २ सय ४ जना र ७ हजार ८६ जनाको एन्टीजेन परीक्षण गर्दा ८८३ जना गरी ५ हजार ८७ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यसैगरी पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ । यो सँगै कूल मृतकको संख्या ११ हजार ६१३ पुगेको मन्त्रालयले जनाएको छ ।
शुक्रबार ३०६ जनाले कोरोना जितेका छन् भने १८ हजार २३ सक्रिय संक्रमित छन् ।