
पोखरा । नेपालमा पछिल्लो २४ घण्टामा थप १२ हजार ३३८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २१ हजार ७ जनाको पीसीआर परीक्षण गर्दा १० हजार ५२ तथा ६ हजार ४९० नमुनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २८६ जना गरी १२ हजार ३३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो २४ घन्टामा थप ६४९ जना संक्रमित कोरोनामुक्त भएका छन् भने थप चार जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
यस्तै सक्रिय संक्रमितको संख्या भने ५७ हजार ३२८ पुगेको छ।