जापानमा झण्डै ५० हजार जना कोरोना संक्रमित, नौ जनाको मृत्यु

-


     सन थापा    
     ७ माघ २०७८ मा प्रकाशित


जापान । माघ ७ (जनवरी २१) । जापानमा शुक्रबार ४९ हजार ८ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो हालसम्मकै उच्च संक्रमित संख्या हो ।

योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ यात्रु सहित जापानमा हालसम्म कोरोना संक्रमितको संख्या २० लाख ७६ हजार ४ सय सात जना पुगेको सञ्चार संस्था एनएचकेले जनाएको छ । त्यस्तै थप नौजनाको मृत्यु भएको छ । प्रिन्सेस क्रुजका १३ जना सहित मृत्यु हुनेको संख्या १८ हजार ४ सय ९२ जना पुगेको छ । ४७ प्रान्त मध्ये १३ प्रान्त १ हजार भन्दा बढी र ४० प्रान्त १ सय भन्दा बढी संक्रमित भए । सबैभन्दा बढी टोकियोमा ९ हजार ६ सय ९९, ओसाकामा ६ हजार २ सय ५४, खानागावामा ३ हजार ४ सय १२, आइचीमा ३ हजार १ सय ८७, ह्योगो २ हजार ९ सय ४४, फुकुओकामा २ हजार ६ सय ६८, साईतामामा २ हजार ४ सय पाँच, चिबामा २ हजार २ सय १५, होक्काईदोमा १ हजार ६ सय ४४, हिरोसीमामा १ हजार ५ सय ३२ , क्योतोमा १ हजार ४ सय ६७, ओकिनावामा १ हजार २ सय ३२ र सिजुओकामा १ हजार १ सय ५६ जना संक्रमित थपिए । संक्रमितमध्ये ४ सय चार जनाको अवस्था गम्भीर रहेको छ भने २ लाख १६ हजार ९ सय ६० जनाको उपचार भइरहेको छ ।

१७ लाख ६९ हजार २ सय २० जना कोरोना संक्रमण मुक्त भएका छन् । बुधबार १ लाख सात हजार ८ सय ४९ जनाको पिसीआर परीक्षण गरिएको थियो।



Tags: