
पोखरा । नेपालमा पछिल्लो २४ घण्टामा थप १० हजार २५४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १४ हजार ४६२ जनाको पीसीआर परीक्षण गर्दा ८ हजार २१२ तथा ५ हजार ७२५ नमुनाको एन्टीजेन परीक्षण गर्दा २ हजार ४२ जना गरी १० हजार २५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो २४ घन्टामा थप ७०८ जना संक्रमित कोरोनामुक्त भएका छन् भने थप १६ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
यस्तै सक्रिय संक्रमितको संख्या भने ७२ हजार ८६२ पुगेको छ।