थप ६ हजार ४६२ जनामा कोरोना संक्रमण पुष्टि

-


     मर्दी न्युज    
     ९ माघ २०७८ मा प्रकाशित


पोखरा । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ४६२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरमा १३ हजार ३७७ नमुनाको पीसीआर परीक्षण गर्दा ५५९८ र ४०६० नमुनाको एन्टीजेन परीक्षण गर्दा ८६४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा १४१६ जना सङ्क्रमणमुक्त भएका छन् भने ४ जनाको मृत्यु भएको छ ।

हाल देशभर ७७ हजार ४० सक्रिय सङ्क्रमित छन् ।



Tags: