१२ हजार ८ जनामा कोरोना सङ्क्रमण पुष्टि, ८ जनाको मृत्यु

-


     मर्दी न्युज    
     ११ माघ २०७८ मा प्रकाशित


पोखरा । नेपालमा पछिल्लो २४ घण्टामा थप १२ हजार ८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १८ हजार १०३ नमुनाको पीसीआर परीक्षण गर्दा नौ हजार ४३२ र सात हजार ८०६ नमुनाको एन्टिजेन परीक्षण गर्दा दुई हजार ५७६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै मंगलबार कोरोना भाइरसका कारण ८ जनाले ज्यान गुमाएका भएको छन् ।

पछिल्लो २४ घण्टामा तीन हजार ४० जना संक्रमणमुक्त भएका छन् । हाल देशभरमा ८८ हजार ९३४ सक्रिय संक्रमित छन् ।



Tags: