थप ८ हजार ४५४ जनामा कोरोना संक्रमण पुष्टि

-


     मर्दी न्युज    
     १२ माघ २०७८ मा प्रकाशित


पोखरा । पछिल्लो २४ घण्टामा थप ८ हजार ४५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १३ हजार ५४९ जनाको पीसीआर परीक्षण गर्दा ५ हजार ५७१ जना र ६ हजार ८१० जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार ८८३ जना गरी ८ हजार ४५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा ५ जनाको मृत्‍यु भएको छ भने ४ हजार ४३३ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

हाल देशभरमा ९० हजार ६७ सक्रिय संक्रमित रहेका छन् ।



Tags: