
पोखरा । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ८२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार १३ हजार ७९१ जनाको पीसीआर परीक्षण गर्दा ४ हजार ८०७ जना र ६ हजार ७८ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २० जना गरी ६ हजार ८२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ भने ५ हजार ४३२ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
हाल देशभरमा ८९ हजार ९४१ सक्रिय संक्रमित रहेका छन् ।