
नेपालमा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। पछिल्लो समय कोरोना संक्रमित दर घटे पनि मृत्यु दर भने बढेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभर ११ हजार ८८० जनाको नमुना परीक्षण गर्दा थप १३६९ जनामा कोरोना संक्रमण देखिएको हो।
त्यस्तै सोही अवधिमा २२३८ जना संक्रमित कोरोनामुक्त भएका छन् भने हाल २९ हजार ४ जना सक्रिय संक्रमित रहेका छन्।