
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक सकिएको छ। बैठकपछि सभामुख सापकोटाले एमसीसीमा दलहरुको धारणा बुझेर निष्पक्षता र तटष्थता अपनाउने बताए।
सोमबार सिंहदरबारमा आयोजना गरिएको सर्वदलीय बैठकपछि संवाददाताहरुसँग कुरा गर्दै सापकोटाले भने, ‘मैले दलहरुको धारणा बुझिरहेको छु। एमसिसीको विषयमा निष्पक्ष ढङ्गले निर्णय गर्छु ।’
सर्वदलीय बैठकमा नेकपा एमाले सहभागी थिएन । उनले यसअघि देखि नै सर्वदलीय बैठक बहिष्कार गर्दै आएको छ।