आज कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

-


     मर्दी न्युज    
     फागुन ४ गते २०७८ मा प्रकाशित


काठमाडौं । प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक आज बस्दै छ । सभामुख अग्निप्रसाद सापकोटाले बिहान साढे ११ बजे बस्ने गरी बैठक आह्वान गरेको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।

बैठकमा आजको प्रतिनिधिसभा बैठकका कार्यसूची, प्रतिपक्ष दलले गर्दै आएको संसद् अवरोधलगायत विषयमा छलफल हुनेछ ।

दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्नु अघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न लागेको हो । कार्यव्यवस्थाको बैठकले संसद् बैठकका कार्यसूचीलाई अन्तिम रूप दिन सक्नेछ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार सभामुख सापकोटालाई फोन गरी बैठक बोलाउन आग्रह गरेका थिए ।