जापानमा ७२ हजार बढी संक्रमित थपिए, २५६ जनाको मृत्यु

-


     सन थापा    
     १७ फाल्गुन २०७८ मा प्रकाशित


जापान । जापानमा शनिबार ७२ हजार १ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ यात्रु सहित जापानमा हालसम्म कोरोना संक्रमितको संख्या ४८ लाख ९९ हजार ९ सय ९७ जना पुगेको सञ्चार संस्था एनएचकेले जनाएको छ ।

त्यस्तै २ सय ५६ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या २३ हजार ३ सय ४१ जना पुगेको छ । संक्रमितमध्ये १ हजार ५ सय सातजनाको अवस्था गम्भीर रहेको छ भने ७ लाख ३८ हजार ६ सय ६२ जनाको उपचार भइरहेको छ ।

त्यस्तै ४० लाख २७ हजार ९ सय दुई जना कोरोना संक्रमण मुक्त भएका छन् ।

१ हजार बढी संक्रमित थपिएका प्रान्तहरू
४७ प्रान्त मध्ये १२ प्रान्त १ हजार भन्दा बढी थपिए भने सिमाने बाहेक सबै प्रान्तमा १ सयभन्दा बढी संक्रमित भए । सबैभन्दा बढी टोकियोमा ११ हजार ५ सय ६२, ओसाकामा १० हजार ४ सय सात, खानागावामा ५ हजार ७ सय ४२, आइचीमा ५ हजार १ सय ७९, साईतामामा ४ हजार ५ सय ४६, ह्योगोमा ४ हजार १ सय एक, चिबामा ३ हजार २ सय ५८, फुकुओकामा ३ हजार ३ सय ९४, होक्काईदोमा २ हजार ४ सय ६८, क्योतोमा १ हजार ८ सय १३, सिजुओकामा १ हजार ६ सय चार र ईबाराकीमा १ हजार २ सय दुई जना संक्रमित थपिए ।

बिहीबार ८५ हजार १ सय ५९ जनाको पिसीआर परीक्षण गरिएको थियो ।