
जापान, ३० चैत । जापानमा पछिल्लो २४ घण्टामा ५७ हजार ७ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ६७ जनाको मृत्यु भएको छ ।
हालसम्म कोरोना संक्रमितको संख्या ७१ लाख ९१ हजार ५ सय ८९ जना पुगेको छ । त्यस्तै कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या २८ हजार ८ सय ५३ जना पुगेको सञ्चार संस्था एनएचकेले जनाएको छ । हालसम्म ६५ लाख ९१ हजार ७ सय ६८ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
संक्रमित मध्ये ४ सय ६८ जनाको अवस्था गम्भीर रहेको छ भने ४ लाख ८६ हजार ३ सय २५ जनाको उपचार भइरहेको छ ।
१ हजार बढी संक्रमित थपिएका प्रान्तहरू
४७ प्रान्तमध्ये १३ प्रान्त हजार भन्दा बढी थपिए भने प्रान्तमा १ सयभन्दा बढी संक्रमित भए । सबैभन्दा बढी टोकियोमा ८ हजार २ सय ५३, ओसाकामा ५ हजार १ सय २१, खानागावामा ४ हजार ५ सय १७, साईतामामा ३ हजार १६, आइचीमा ३ हजार ४ सय ३०, फुकुओकामा २ हजार ९ सय २४, होक्काईदोमा २ हजार ७ सय १३, ह्योगोमा २ हजार ६ सय ७२, चिबामा २ हजार ६ सय २५, ओकिनावामा १ हजार ६ सय ५६, क्योतोमा १ हजार १ सय ७१, हिरोसीमामा १ हजार १ सय ४१ र सिजुओकामा १ हजार ८९ जना संक्रमित थपिए ।
सोमबार ७५ हजार ५ सय ७० जनाको पिसीआर परीक्षण गरिएको थियो ।