जापानमा थप ४७ हजार जना कोरोना संक्रमित, ५१ जनाको मृत्यु

-


     सन थापा     
     वैशाख ८ गते २०७९ मा प्रकाशित


जापानमा पछिल्लो २४ घण्टामा ४७ हजार १ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ५१ जनाको मृत्यु भएको छ ।

हालसम्म कोरोना संक्रमितको संख्या ७५ लाख ४३ हजार ६ सय नौजना पुगेको छ । त्यस्तै कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या २९ हजार २ सय २२ जना पुगेको सञ्चार संस्था एनएचकेले जनाएको छ । हालसम्म ६९ लाख ८५ हजार ९ सय ५४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

संक्रमितमध्ये २ सय दुईजनाको अवस्था गम्भीर रहेको छ भने ४ लाख ५३ हजार ३ सय २९ जनाको उपचार भइरहेको छ ।

१ हजार बढी संक्रमित थपिएका प्रान्तहरू

४७ प्रान्तमध्ये ११ प्रान्त हजार भन्दा बढी थपिए भने सबै प्रान्तमा १ सयभन्दा बढी संक्रमित भए ।

सबैभन्दा बढी टोकियोमा ६ हजार ७ सय १३, ओसाकामा ३ हजार ५ सय ६५, होक्काईदोमा ३ हजार १ सय ३२, साईतामामा २ हजार ९ सय ८७, खानागावामा २ हजार ७ सय ८३, आइचीमा २ हजार ४ सय ९४, फुकुओकामा २ हजार ४ सय ९४, चिबामा २ हजार ७२, ह्योगोमा १ हजार ७ सय १९, ओकिनावामा १ हजार ५ सय ७३ र हिरोसीमा १ हजार १ सय ३१ जना संक्रमित थपिए ।

मंगलबार ९३ हजार ६६ जनाको पिसीआर परीक्षण गरिएको थियो ।