एमाले पोखरा महानगरपालिकाले सार्वजनिक गर्‍यो घोषणापत्र

-


     मर्दी न्युज    
     वैशाख १७ गते २०७९ मा प्रकाशित


पोखरा, १७ वैशाख । नेकपा एमाले पोखरा महानगरपालिका कमिटीले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेलको उपस्थितिमा मेयरका प्रत्याशी कृष्णबहादुर थापा र उपमेयरकी प्रत्याशी मञ्जुदेवी गुरूङले शनिबार चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन् ।

घोषणापत्रमा मोनोरेल र मेट्रोरेललाई पुनः निरन्तरता दिइएको छ । यसअघिको चुनावमा समेत एमालेको घोषणापत्रमा मोनोरेल र मेट्रो रेल सञ्चालनलाई समावेश गरिएको थियो ।

शनिबार सार्वजनिक घोषणापत्रमा पोखरा विकास प्राधिकरणमार्फत पर्यटन, शिक्षा, स्वास्थ्य र खेलकुदको प्रमुख केन्द्रका रूपमा विकास गर्ने योजनालाई समावेश गरिएको छ । रेल सञ्चालनको सम्भाव्यता अध्ययन गरी कार्य आरम्भ गर्ने उल्लेख छ । फ्लाई ओभर, सुरुङ, ओभरहेड ब्रिज निर्माणलगायत योजना पनि अघिल्लो घोषणापत्रकै दोहोरिएका छन् ।

हेर्नुहोस् घोषणापत्रको पूर्णपाठः