आज भरतपुरमा सत्ता गठबन्धनको संयुक्त सभा, शीर्ष नेताले सम्बोधन गर्ने

-


     मर्दी न्युज    
     वैशाख २१ गते २०७९ मा प्रकाशित


काठमाडौं । चितवनको भरतपुरमा आज सत्ता गठबन्धनले चुनावी सभाको आयोजना गरेको छ ।

सभालाई कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालगायतले सम्बोधन गर्नेछन् ।

भरतपुर महानगरमा सत्ता गठबन्धनको साझा उम्मेदवारका रूपमा माओवादी केन्द्रकी रेणु दाहाल प्रमुखको उम्मेदवार छिन् । उपप्रमुख पदमा नेपाली काँग्रेसका चित्रसेन अधिकारी उम्मेदवार छन् । यसैगरी नेकपा एमालेले विजय सुवेदीलाई मेयरको उम्मेदवार बनाएको छ ।

कांग्रेस नेता जगन्नाथ पौडेलले पनि स्वतन्त्र उमेदवारी दिएका छन् । चुनावी सभा हुनुअघि स्वतन्त्र उमेदवार पौडेलले राज्यको सम्पत्ति सक्नका लागि चुनावी सभा नगर्न आग्रह गरेका थिए ।