
काठमाडौं । चिकित्सा शिक्षा आयोगले स्नातक तहका शैक्षिक कार्यक्रमहरूका लागि कलेजहरूको सिट निर्धारण गरेको छ ।
आयोगको वैशाख २० गते बसेको कार्यकारी समितिको बैठकले शैक्षिक सत्र २०७८÷७९ का लागि सिट निर्धारण गरेको हो ।
८२ वटा कलेजबाट अध्यापन हुने २१ वटा शैक्षिक कार्यक्रमका लागि एमबीबीएसतर्फ सबैभन्दा बढी एक हजार ८९५ र सबैभन्दा कम पर्फ्युजन टेक्नोलोजीमा पाँचवटा सिट निर्धारण गरिएको छ । एमबीबीएस पछि दोस्रोमा नर्सिङतर्फ एक हजार ४६० सिट निर्धारण गरिएको छ ।
हेर्नुहोस सूचिः

