
पोखरा । पोखरा महानगरपालिकामा मतगणना सुरु गरिएको छ । स्थानीय तह निर्वाचनअन्तर्गत शुक्रबार सम्पन्न मतदानको गणना थालिएको हो ।
आज दिउँसो २ बजेदेखि सुरु हुने भनिएको मतगणना अपराह्न ४ बजे मात्रै सुरु गरिएको छ । सुरुमा वडा नम्बर–१२ को मतगणना गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
३३ वडा रहेको पोखरामा १, १२ र २३ नम्बर वडाको मत सुरुमा गणना गरिनेछ । पोखरास्थित उपत्यका नगर विकास समिति र जिल्ला समन्वय समितिको हलमा गणना थालिएको हो ।
पोखराको मेयर पदमा नेकपा (एमाले)का तर्फबाबाट कृष्णबहादुर थापा र सत्ता गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यबीच मुख्य प्रतिस्पर्धा हुने आकलन गरिएको छ ।

