ब्यास नगरपालिकाको रिस्तीमा पुनः मतदान हुने

-


     मर्दी न्युज    
     वैशाख ३१ गते २०७९ मा प्रकाशित


तनहुँ । तनहुँको व्यास नगरपालिकाको वडा नम्बर ८ रिस्तीमा पुनः मतदान हुने भएको छ ।

निर्वाचन आयोगले सो वडा अन्तर्गत गा.वि.स. भवन फेदी (क) र (ख) को मतदान केन्द्रमा वैशाख ३० मा भएको मतदान कार्य रद्द गरेको छ ।

अब जेठ ४ गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म ती मतदान केन्द्रमा पुनः मतदान हुने तनहुँको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सो मतदान केन्द्रमा नेपाली काँग्रेसका कार्यकर्ता र स्वतन्त्र उम्मेदवारको समूहबीच झडप भएको थियो ।

झडपका क्रममा स्वतन्त्र उम्मेदवार दीपक जोशी घाइते भएका थिए ।