
स्थानिय चुनावको मत परीणाम आईरहेको अवस्थामा अहिले देश भित्र र बिदेशमा बस्ने नेपालीहरुको सम्पूर्ण ध्यान स्वतन्त्र उम्मेदवार र बिशेष गरी काठमाडौं महानगरको मत परिणाम तर्फ मोडिएको छ ।
जनताको अभिमत बाट निर्वाचनमा पराजित भएका हरुवा नेता हरुलाई पनि बिभिन्न बहनामा ठुला पार्टी भनाउँदा शिर्ष नेताहरुले राज्यको उच्च पदमा लगी आफु-आफु मिलिभगत गरेर सिन्डिकेट हिसाबले भागबन्डा मिलाई मिलाई खाने नेताहरुको पुरानो शैली बाट आजित भएका नेपाली जनता यतीखेर स्वतन्त्र मा मेयर पदका उम्मेदवार बालेन शाह लाई समर्थन गर्दै आईरहेका छन् ।
हाल सम्मको मतगणना लाई हेर्ने हो मत परिणाम जस्तो आए पनि मेयर पदका उम्मेदवार बालेन शाहले लिडिङ् लिरहेको देखिन्छ । एउटा आशलाग्दो युवा स्वतन्त्र उम्मेदवार बालेन शाह को सोसीयल मिडियाभरी उनकै पक्षमा चर्चा-परीचर्चा चलिरहेको छ ।
ठुला पार्टी भनाउँदा शिर्ष नेताहरुको नसुध्रने र यही रवैया रहिरहने हो भने आउँदा दिन हरुमा जनताले पत्तासाफ गर्ने मा कुनै दुईमत देखिदैन । चेतना भया !
दाहाल पर्यटन ब्यबसायी हुन् ।