आज आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गरिँदै

-


     मर्दी न्युज    
     जेठ १५ गते २०७९ मा प्रकाशित


काठमाडौं । सरकारले आउँदो आर्थिक वर्षको बजेट आज सार्वजनिक गर्ने भएको छ । सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट आज सार्वजनिक गर्न लागेको हो ।
अर्थमन्त्री जनार्दन शर्माले अपराह्न ४ बजे बस्ने संसद्को संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने कार्यसूची छ । हरेक वर्ष जेठ १५ गते संघीय बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

शनिबार नीति तथा कार्यक्रम प्रतिनिधि सभाबाट पारिता भएको थियो । नीति तथा कार्यक्रम पारित भएसँगै बजेट ल्याउने बाटो खुलेको हो ।

शनिबारको संसद् बैठकबाट आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम पारित भएको थियो ।