
पोखरा । देशका केही स्थानमा आज वर्षा हुने सम्भावना छ । नेपालको पूर्वी भूभागमा मनसुनी वायुको सामान्य प्रभाव छ । पश्चिमी भूभागमा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले प्रदेश नम्बर–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी भूभागहरूमा आंशिक बदली छ । प्रदेश–१, वाग्मती र गण्डकी प्रदेशका केही स्थानहरूमा वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो प्रदेश-१, मधेस प्रदेश, वाग्मती र गण्डकी प्रदेशमा सामान्य बदली रहनेछ । बाँकी भू-भागमा आंशिक बदली रहनेछ । प्रदेश-१, वाग्मती र गण्डकीका केही स्थान तथा मधेस प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
राति प्रदेश-१, मधेस, वाग्मती र गण्डकी प्रदेशमा सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली रहनेछ । प्रदेश-१, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका पहाडी भूभागका एक-दुई स्थानहरूमा मेघगर्जन-चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।