
जापान, ११ साउन । जापानमा पछिल्लो २४ घण्टामा २ लाख ९ हजार ६ सय ९४ जना संक्रमण पुष्टि भएको छ भने १ सय २९ जनाको मृत्यु भएको छ । कोरोना एकैदिन संक्रमण भएको यो अहिलेसम्मकै उच्च रेकर्ड हो । यसअघि उच्च रेकर्ड जूलाई २३ मा २ लाख ९ सय २४ जना संक्रमित भएका थिए । हालसम्म कोरोना संक्रमितको संख्या १ करोड १९ लाख २१ हजार ९ सय ३४ जना पुगेको सञ्चार संस्था एनएचकेले जनाएको छ । त्यस्तै कोरोना संक्रमणबाट हालसम्म ३२ हजार २ सय सात जनाको मृत्यु भएको छ भने १ करोड २ लाख ४८ हजार ३ सय ९२जना कोरोना संक्रमणमुक्त भएका छन् ।
संक्रमितमध्ये ३ सय ११ जनाको अवस्था गम्भीर रहेको छ । सोमबार १ लाख १६ हजार ६ सय ४४ जनाको पिसीआर परीक्षण गरिएको थियो ।
८ हजार बढी संक्रमित थपिएका प्रान्तहरू
४७ प्रान्तमध्ये आठ प्रान्तमा ८ हजार बढी थपिए भने ४१ प्रान्तमा १ हजार बढी थपिए । सबैभन्दा बढी टोक्योमा २९ हजार ३६, ओसाकामा २१ हजार ८ सय ६०, खानागावामा १६ हजार ५ सय ५४, आइचीमा १४ हजार ८ सय एक, साईतामामा १२ हजार ८ सय ९२, फुकुओकामा ११ हजार १ सय ८८, ह्योगोमा १० हजार १ सय ५२ र चिबामा ८ हजार ८ सय ८९ जना संक्रमित थपिए ।

