पोखरा । देशका धेरै स्थानमा आंशिकदेखि सामान्य बदली भई हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदरस्थान भन्दा दक्षिणमा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार अहिले बिहान सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली छ । बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही तथा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन÷चट्यङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
यस्तै राती प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहने छ भने बाँकी भू–भागमा आंशिक बदली रहनेछ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।