गुरुङ पर्यटन ब्यबसायी संघ, गण्डकी प्रदेशको अन्तर्कृयात्मक कार्यक्रम सम्पन्न

-


     मर्दी न्युज    
     भाद्र १७ गते २०७९ मा प्रकाशित


गुरुङ पर्यटन ब्यबसायी संघ, गण्डकी प्रदेशको अन्तर्कृयात्मक कार्यक्रम मादी गाउँपालिका-२ अन्तर्गतको सुन्दर पर्यटकीय गाउँ ताङ्गतिङ्गमा यही भदौ १७ गते सम्पन्न भएको छ ।

गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा होमस्टेको संभावना, अबसर र चुनौती बिषयमा छलफल र अन्तर्कृया गरिएको थियो ।

कार्यक्रममा मादी गाउँपालिका प्रमुख देबिजंग गुरुङ,उप प्रमुख कल्पना गुरुङ, जिटिन केन्द्रका संस्थापक अध्यक्ष कुल बहादुर गुरुङ, बर्तमान अध्यक्ष पिताम्बर गुरुङ, जिटिन गण्डकी प्रदेशका संस्थापक अध्यक्ष बोबरजंग गुरुङ, बर्तमान अध्यक्ष राम बहादुर गुरुङ, पोखरा पर्यटन परिषदका द्वितीय उपाध्यक्ष तारानाथ पहारी, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) केन्द्रका उपाध्यक्ष धन बहादुर गुरुङ, ताङ्गतिङ्ग होमस्टेका अध्यक्ष पुर्णसुबा गुरुङको विशेष उपस्थिती रहेको थियो ।

ताङ्गतिङ्गमा १४ घरधुरिमा होमस्टे संचालन छ्न भने प्रत्येक दिन एकसय जना पाहुनालाई सेवादिन सक्ने स्थानीय संचालकहरु ले बताए ।

अन्तर्कृया कार्यक्रममा सरोकारवालाहरु ले अनुभव आदानप्रदान गरेका थिए । गुरुङ पर्यटन ब्यबसायी संघ, गण्डकी प्रदेशको नबौं बार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन भोलि भदौ १८ गते शनिबार यहि गाउँमा हुँदै छ ।

राम बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन जिटिन गण्डकी प्रदेशका सचिव बिकाश गुरुङले गरेका थिए।