
कास्की, ४ मसिंर । कास्की क्षेत्र नम्बर १ ख का प्रदेश सभा सदस्य उम्मेदवार बेद बहादुर (श्याम) ले मतदान गरेका छन् । मादी गाउँपालिका वडा नम्बर २ ताङतिङमा रहेको हिमालय मा. बि. मतदान केन्द्रमा बिहान ७ बजेर ४ मिनेट जाँदा मतदान गरेका हुन् ।
मादी गाउँपालिका वडा नम्बर २ मा २ वटा मतदान केन्द्र रहेको छ जसमा जम्मा १४६२ मतदाता रहेका छन् । बेद बहादुर २०७४ सालको स्थानिय तहको निर्वाचनमा गाउँपालिका अध्यक्षमा चुनिएका थिए ।