लमजुङमा पृथ्वीसुब्बाको अग्रता कायमै

-


     मर्दी न्युज    
     मंसिर ६ गते २०७९ मा प्रकाशित


लमजुङ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत लमजुङमा मतगणना जारी रहेको छ । पछिल्लो सार्वजनिक मतगणना परिणाम अनुसार १७ हजार नौ सय २८ मतगणना गर्दा नेकपा (एमाले)का उम्मेदवार पृथ्वीसुब्बा गुरुङले नौ हजार एक सय नौ मत प्राप्त गरेका छन् ।

गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)का देवप्रसाद गुरुङले सात हजार दुई सय मत प्राप्त गरेका छन् । मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालका अनुसार गणना भएका मध्ये हालसम्म चार सय ९७ मत बदर भएको छ ।

जिल्लामा आठ पालिकामध्ये हालसम्म क्व्होलासोथर, दूधपोखरी, दोर्दी गाउँपालिका र मध्यनेपाल नगरपालिकाको मतगणना सम्पन्न भएको छ । जिल्लामा एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको छ ।