तनहुँ जिल्ला अदालतबाट पल शाहले पाए सफाइ

-


     मर्दी न्युज    
     माघ ३ गते २०७९ मा प्रकाशित


दमौली । बालिका बलात्कारको आरोप लागेका अभिनेता पल शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दिएको छ । मंगलबार जिल्ला न्यायाधीश कमलप्रसाद आचार्यको इजलासले बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै शाहलाई सफाइ दिएको हो ।

एक बालिकालाई बलात्कार गरेको आरोपमा तनहुँ र नवलपरासी पूर्वमा शाहमाथि मुद्दा दायर भएको थियो । सोही मुद्दामा उनलाई जिल्ला अदालत नवलपुरले साढे २ वर्ष कैद र १० लाख क्षतिपूर्तिबापत जरिबाना तोकेको थियो ।

यस्तै जिल्ला अदालतले पल शाहका म्यानेजर कृष्ण जोशीलाई पनि सफाइ दिएको छ ।