
पोखरा, २६ माघ । पोखरा महानगरपालिका–९ पृथ्वीचोकमा बसको ठक्करबाट एक युवतीको मृत्यु भएको छ ।
आज बिहान पोखराको बुद्धचोकबाट पृथ्वीचोकतर्फ आउँदै गरेको ग १५ प २४७६ नम्बरको स्कुटरलाई सोही दिशाबाट आएको ना ८ ख ५२५१ नम्बरको बसले ठक्कर दिँदा स्कुटर चालक २७ वर्षीया रेजिना आचार्यको मृत्यु भएको हो ।
बिहान करिब ९ बजे भएको उक्त दुर्घटनामा घाइते आचार्यलाई उपचारका लागि पश्चिमाञ्चल सामुदायिक अस्पताल लगिएपनि उपचारका क्रममा मृत्यु भएको हो ।
प्रहरीले बस चालकलाई नियन्त्रणमा लिई घटनाका बारेमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

