प्रसाद २ को प्रदर्शन रोक्न उच्च अदालतको आदेश

-


     मर्दी न्युज    
     चैत्र २१ गते २०७९ मा प्रकाशित


काठमाडौँ । उच्च अदालत पाटनले फिल्म प्रसाद २ को प्रदर्शन रोक्न अल्पकालीन आदेश जारी गरेको छ ।

सुदर्शन थापाले निर्देशन गरेको प्रसाद २ आउँदो शुक्रबारदेखि प्रदर्शनको तयारीमा थियो ।

फिल्म निर्माता सुवास थापाले आफ्नो रकम नदिएको भन्दै केशव पाण्डेले फिल्म रोक्नका लागि माग राखेर उच्च अदालत पाटनमा रिट दायर गरेका थिए ।

फिल्म निर्माता थापाविरुद्ध आर्थिक लेनदेन र बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी गरेको छ । निर्माता थापा फरार छन् र उनलाई प्रहरीले खोजिरहेको छ ।