चार प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना

-


     मर्दी न्युज    
     भाद्र १५ गते २०८० मा प्रकाशित


पोखरा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतिर अवस्थित छ। साथै बंगालको खाडीको उत्तर–पूर्वी भागमा न्यून चापीय प्रणाली विकसित भइरहेको छ ।

जसको प्रभावले अहिले बिहान देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहेको छ। साथै कोशी, बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षा भैरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको र बाँकी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

यस्तै राति कोशी प्रदेशका केही स्थानहरूमा, मधेश, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको र देशका बाँकी भू–भागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।