हाङ्चाओ पुगे प्रधानमन्त्री दहाल, आजै सी चीनफिङसँग भेट्ने

-


     मर्दी न्युज    
     असाेज ६ गते २०८० मा प्रकाशित


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ हाङ्चाओ पुगेका छन्। चिनियाँ प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा एक साता लामो भ्रमणका लागि प्रधानमन्त्री चीन पुगेका हुन्।

चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणामा एक साता लामो भ्रमणका लागि चीन गएका उनलाई हाङ्चाओ विमानस्थलमा चिनियाँ उपप्रधानमन्त्री हि ली फाङले स्वागत गरेका छन्।

संयुक्त राष्ट्र संघको महासभा सहभागी भएर उनी सोझै अमेरिकाबाट सोझै हाङ्चाओ सहरमा अवतरण गरेका हुन्।

शनिबार उनी १९ औं एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुनेछन्। उक्त समारोहमा चिनियाँ राष्ट्रपति सी जिनपिङ पनि सहभागी हुँदैछन्।

लञ्चपश्चात् शनिबार साँझ ४ बजे प्रधानमन्त्री ‘प्रचण्ड’ र चिनियाँ राष्ट्रपति सीबीच द्विपक्षीय भेटवार्ता हुनेछ।

१९ औं एसियाली खेलकुदमा ४० खेलका ६१ वटा विधा र ४ सय ८१ प्रतिस्पर्धा हुनेछन्। एसियाली खेलकुद कुम्भ मेलाको उद्घाटन चीनका राष्ट्रपति सी चीनफिङले गर्नेछन्। खेलाडीको मनोबल बढाउन तथा खेल कूटनीतिमा नेपालको भूमिका स्थापित गर्न चीनको औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि उद्घाटन समारोहमा सहभागी हुन गएका हुन्।