एजेन्सी । इजरायलमा हमासको आक्रमणमा परी नौ नेपाली घाइते भएको र तीमध्ये दुईको अवस्था गम्भीर रहेको परराष्ट्र मन्त्रालयले बताएको छ ।
शनिबार मन्त्रालयमा आकस्मिक बैठकपछि वक्तव्य जारी गर्दै मन्त्रालयले यसको पुष्टि गरेको हो । ती नेपाली को हुन्, कहाँका हुन् भन्नेबारे कुनै परिचय र विवरण खुलाइएको छैन ।
मन्त्रालयले इजरायलप्रति संकटग्रस्त अवस्थामा नेपाल सरकारको तर्फबाट ऐक्यबद्धता रहेको पनि जनाएको छ ।
प्यालेस्टाइनी लडाकूहरूले गाजा पट्टीबाट हवाई, समुद्र र स्थलमार्ग हुँदै इजरायलविरुद्ध ‘युद्ध’ सुरु गरेका र आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको शनिबार इजरायली अधिकारीहरूले बताएका छन् ।
इजरायली चिकित्सकहरूले २२ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । घटनामा दर्जनौँ व्यक्ति घाइते भएको इजरायली सञ्चारमाध्यमले जनाएका छन् ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले ‘आफूहरू युद्धमा रहेको’ भन्दै कडा प्रतिकारको चेतावनी दिँदैसैन्य भण्डारलाई व्यापक रूपमा परिचालन गर्न आदेश दिएको छ ।