किङस लाउन्ज पोखरामा ‘एक्सिस’ ब्याण्डको बिहीबार बिषेश प्रस्तुती हुने

-


     मर्दी न्युज    
     असाेज २४ गते २०८० मा प्रकाशित


पोखरा, २४ असोज । नेपालकै चर्चित ब्याण्ड ‘एक्सिस’ले करिब एक दशक पछि पोखरामा भोलि (बिहीबार) बिषेश प्रस्तुतीः राख्ने भएको छ । बिहीबार बेलुका लेकसाइड स्थित किङस लाउन्ज पोखरामा एक्सिस व्याण्डको विषेश प्रस्तुती हुने भएको हो ।

पोजेटिभ भाईभ इन्टरटेनमेन्ट नेटवकको व्यवस्थापनमा हुने उक्त कार्यक्रममा एक्सिसको प्रस्तुतीःले पोखरेलीहरुलाई भरपूर्ण मनोरन्जन दिने भएको पोजेटिभ भाईभ इन्टरटेनमेन्ट नेटवकका निर्देशक विकेस कायस्थले बताए । एक्सिसको टोली बिहीबार बिहान पोखरामा आउने कार्यक्रम तय भएको आयोजकले जनाएको छ । उक्त कार्यक्रमको अन्तिम तयारी पूरा भएको निर्देशक कायस्थले बताए । उनले भने ‘हामीलाई विश्वास छ, पोखरा यस्तो शहर हो जहाँ प्राकृतिक, सांस्कृतिक सहित साङ्गीतिक व्याण्डहरुलाई उत्तिकै साथ र माया गर्ने शहर हो, त्यो हाम्रो टिमले अवश्य पाउने छ ।’

किङ्समा एक्सिस व्याण्डको प्रस्तुतीः सहित किङ्स हाउस व्याण्ड र डि.जे. गरी तीन चरणको कार्यक्रम हुने भएको किङ्सका लाउन्ज पोखराका संचालक ध्रुव केसीले बताए । बेलुका करिब ७ः१५ बजे देखि आफ्नै ब्याण्ड किङ्स हाउस ब्याण्डको प्रस्तुतीले सुभारम्भ भएको माहोलमा बेलुका करिब ९ः३० बजे पछि नेपालकै चर्चीत ब्याण्ड एक्सिसको बिषेश प्रस्तुती रहने भएको उनले जनाए । युवा बर्गलाई आकषर्ण गर्न ब्याण्डको साथमा डिजेको समेत प्रस्तुती रहने भएको केसीले बताए । कोभिड १९ बाट प्रभावित भएको पोखरा क्षेत्रको पर्यटन प्रबद्र्धनमा उक्त कार्यक्रमले थप टेवा पुग्ने उनले विश्वास व्यक्त गरे ।

सन् २००३ मा संगठित भएको उक्त व्याण्डले २००४ मा ब्ल्याक एण्ड ह्वाइट मार्फत पहिलो एल्बम बजारमा ल्याएको थियो । त्यसै गरी २००९ मा माफ गरिदेउ र २०१७ मा गाउँ घर गरी तीन एल्बम श्रोता तथा दर्शक माझ ल्याएको छ । त्यसै गरी उक्त व्याण्डले ल्याएको एलबममा अधुरो प्रेम, मुस्कान, मेरो प्रेम, तिमी फेरी आउन, हे मोरी, एक चोटी लगायतका चर्चीत गितहरु रहेका छन्। उक्त व्याण्डका चर्चीत भोकलिष्ट सन्दिप विश्वकर्मा रहेको छ ।

यसैबीच, एक्सिसले हालै पाइला एल्बम बजारमा ल्याएको छ । उक्त एल्बम पाइला आफ्नो अफिसियल यूटुव च्यानलबाट सार्वजनिक गरेको हो ।