युवा संघका कार्यकर्ता र दुर्गा प्रसाईँ समूहबीच बल्खुमा ढुंगा हानाहान

-


     मर्दी न्युज    
     मंसिर ७ गते २०८० मा प्रकाशित


काठमाडौँ । काठमाडौँमा प्रदर्शनरत नेकपा एमाले निकट युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईं समूहबीच ढुंगा हानाहान भएको छ । सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका दुवै समूहबीच आज दिउँसो झडप भएको हो।

तीनकुनेमा हुने प्रदर्शनका लागि युवा संघका कार्यकर्ता मोटरसाइकल र्‍याली गर्दै बल्खु पुगेपछि दुर्गा प्रसाईं समूह र युवा संघ कार्यकर्ताबीच ढुंगा हानाहान भएको हो। प्रहरी उक्त स्थानमा पुगे लगत्तै स्थिति नियन्त्रणमा आएको छ।

भ्रष्टाचार, महंगी, अनियमितता र राज्यको अराजकताविरुद्ध र गणतन्त्रको पक्षमा काठमाडौंमा जनप्रदर्शन गरेको युवा संघ नेपालले जनाएको छ। प्रसाईँ समूहले हिन्दुत्व र राजसंस्था पुनःस्थापनाका पक्षमा नाराबाजी गरेका छन्।