
पोखरा । पोखरामा सम्पन्न भएको २३ औं संस्करणको आहा! रारा पोखरा गोल्डकपमा पहिलो पटक त्रिभुवन आर्मी क्लबले उपाधि जितेको छ ।
पोखरा रङ्गशालामा आज भएको फाइनल खेलमा थ्री स्टार क्लबलाई ३–० ले हराउँदै आर्मीले पहिलो पटक उपाधि जितेको हो ।
शनिबार फाइनलमा पाँचौं पटकसम्मको विजेता थ्रिस्टारलाई ३–० गोलअन्तरले पराजित गर्दै २० वर्षपछि आर्मीले पहिलो पल्ट उपाधि चुमको हो ।
विभागीय आर्मी यसअघि चार पल्ट फाइनल पुगेर पनि उपाधिबाट वञ्चित थियो । आर्मीले उपाधिसहित नगद १२ लाख प्राप्त ग¥यो ।
२०६५ सालयता पाँचौं पटकको फाइनलमा आर्मी विजेता बन्न सफल रह्यो । आर्मीलाई उपाधि दिलाउन कप्तान जेलेस्पी जंग कार्की, फत्तेमान घले र बसन्त जिम्बाले समान १÷१ गोलको योगदान दिए ।
३८ औं मिनेटमा जिलेस्पीले हेडमार्फत गोल गरे । यस्तै खेलको ८३ औं मिनेटमा फत्तेमानले गोल गर्दै अग्रतालाई दोब्बर बनाए र इन्ज्युरी समयको चौथो मिनेटमा बसन्तले गोल गर्दै च्याम्पियन बन्ने पक्का गरे ।
यो संस्करणको फाइनलसँगै थ्री स्टारले ७ पटक फाइनल भिडेको छ भने ५ पटक च्याम्पियन बनिसकेको छ ।