
तस्विरः सुदर्शन रञ्जित
पोखरा । १८ औं संस्करणको सफल पोखरा म्याराथनमा केन्याली धावक जुलियास मुरियाली वाहोम प्रथम भएका छन् । वाहोमले निर्धारित ४२.१९५ किलोमिटरको दुरी २ घण्टा १९ मिनेट ३६ सेकेण्डमा पूरा गरी प्रथम हुन सफल भएका हुन् ।
त्यस्तै द्वितीय र तृतीय स्थान पनि केन्यालीले नै कब्जा जमाएका छन् । केन्याकै इसाक किहारा कमिरीले २ घण्टा १९ मिनेट ४३ सेकेण्डको समयमा निर्धारित दूरी पारी गरी द्वितीय भएका छन् भने इडविन किप्लागटले २ घण्टा २० मिनेट २३ सेकेण्डमा पार गरी तेस्रो भए ।
नेपालका किरण सिंह बोगटी चौथो स्थानमा रहे भने उनले २ घण्टा २४ मिनेट ०२ सेकेण्डमा निर्धारित दूरी पूरा गरे ।

