फाईल फोटोः मनशान्त घिमिरे
नवलपुर । डाईक्लोफेनेक नेपालभर पूर्ण रुपमा प्रतिबन्धित छ, गिद्धको संख्या तथा अबस्था का बारेमा आएका सकारात्मक प्रभाव हरुले गर्दा नेपाल सरकारले चितवन राष्ट्रिय निकुंजको कसरा क्षेत्रमा संचालन गरेको कृतिम प्रजनन केन्द्र समेत बन्द गरेको परिप्रेक्षमा सिनोमा बिषादी हाल्ने क्रम दिन प्रतिदिन बढ्दै गएको र उक्त सिनो खाएर गिद्ध मर्ने क्रम जारी रहेकोले गिद्ध संरक्षणमा यस्ता क्रियाकलापहरु सबैभन्दा ठूलो चुनौती बनेको छ । आज मात्रै १ हिमाली गिद्ध र ४ अति संकटापन्न डंगर गिद्ध को मरेका छन् । यस्ता गतिविधिहरु लाई निरुत्साहित र बन्द गरिएन भने स्थिति झनै विकराल बन्नेमा कुनै दुई मत छैन । सम्पूर्ण सरोकारवालाहरुले फेरी संयम बनेर हातेमालो गरौं ।