४ दलबीच ८ बुँदे सहमति, राष्ट्रियसभा अध्यक्ष माओवादीलाई

-


     मर्दी न्युज    
     फागुन २० गते २०८० मा प्रकाशित


काठमाडौं । नयाँ सत्ता समीकरण बनेसँगै चार राजनीतिक दलबीच ८ बुँदे सहमति भएको छ। नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी, नेपालबीच ८ बुँदे सहमति भएको हो।

चार दलबीच भएको सहमति अनुसार राष्ट्रियसभाको अध्यक्ष माओवादीले लिनेछ भने उपाध्यक्ष एमालेले पाउनेछ ।

मन्त्रालय भागबण्डा आपसी सहमतिमा गर्ने चार दलको निर्णय छ । ‘त्यसरी बाँडफाँट गर्दा मन्त्रालयहरुको विशेषताका आधारमा वर्गीकरण गरी मिलाउने । नयाँ संयुक्त सरकार गठन प्रक्रियामा सकारात्मक अन्य दलहरुसँग सम्वाद अघि बढाउने ।’ सहमतिको तेस्रो बुँदामा उल्लेख छ ।