एमाले कास्कीकाे अध्यक्षमा तीन जनाकाे उम्मेदवारी

-


     मर्दी न्युज    
     चैत्र १३ गते २०८० मा प्रकाशित


पोखरा । नेकपा एमाले कास्कीको जिल्ला नेतृत्वका लागि तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन कार्यालयकाअनुसार माधव बास्तोला, बैनबहादुर अधिकारी क्षेत्री र विवेक त्रिपाठीले उम्मेदवारी दर्ता गराएका छन् ।

बास्तोला उपमहासचिव पृथ्वीसुब्बा गुरुङ समूह र अधिकारी स्थायी कमिटी सदस्य खगराज अधिकारी समूहका हुन् । त्रिपाठीले स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराएका हुन् ।

माधव समूहबाट शिव आचार्य उपाध्यक्ष र सुरेन्द्र गुरुङ सचिवमा उम्मेदवारी दर्ता गराएका छन् । उपसचिवमा राधिका शाही योगी र सिता परियारले उम्मेदवारी दिएका छन् । क्षेत्री समूहबाट उपाध्यक्षमा भेषराज बराल, सचिवमा दर्शन लामा, उपसचिवमा लालबहादुर परियार र सन्तु सुवेदीले उम्मेदवारी दिएका हुन् ।

अधिवेशनबाट एमाले कास्कीमा १ सय २० सदस्यीय जिल्ला कमिटी निर्वाचन गर्ने कार्यतालिका छ । उक्त अधिवेशनमा ९ सय ३५ जना प्रतिनिधिले भाग लिइरहेका छन् ।

जिल्ला अधिवेशन चैत १० गते सुरु भएको हो । शनिबार पोखरा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा पार्टी महासचिव शंकर पोखरलले अधिवेशन उद्घाटन गरेका थिए ।