पोखरा । नेकपा एमाले कास्कीको ११ औं जिल्ला अधिवेशनबाट अध्यक्षमा बैनबहादुर क्षेत्री विजयी भएका छन् । उनका निकटम् प्रतिस्पर्धी माधव बास्तोलालाई २०४ मतान्तरले पराजित गर्दै जित हात पारेका हुन् ।
विजयी क्षेत्रीले ५५१ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिष्पर्धी माधव बास्तोलाले ३४७ मत प्राप्त गरे ।
यस्तै सचिवमा दर्शन लामा विजयी भएका छन् । लामाले प्रतिष्पर्धी सुरेन्द्र गुरुङलाई २७५ मतान्तरले पछि पार्दै विजयी भएका हुन् । लामाले ५ सय ९५ मत मत प्राप्त गर्दा पराजित गुरुङले ३२० मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।
बैनबहादुर क्षेत्री एमाले स्थायी समिति सदस्य खगराज अधिकारी निकट हुन् भने माधव बास्तोला उपमहासचिव पृथ्वी सुब्बा गुरुङ निकटका हुन् ।
जिल्ला कमिटीमा अधिकांश अधिकारी क्षेत्री समूहका उम्मेदवार विजयी भएको निर्वाचन समितिले जनाएको छ ।