मुख्यमन्त्री अधिकारीसँगै दुई मन्त्रीले लिए सपथ

-


     मर्दी न्युज    
     चैत्र २४ गते २०८० मा प्रकाशित


पोखरा । गण्डकी प्रदेशमा नव नियुक्त मुख्यमन्त्री खगराज अधिकारीले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनीसँगै दुई विना विभागीय मन्त्रीले पनि सपथ लिएका छन् । माओवादीबाट हरिबहादुर चुमान र स्वतन्त्र संसद राजीव गुरूङ (दीपक मनाङे)ले सपथ लिएका हुन् ।

अधिकारी आजै एमालेका २२, माओवादीको सभामुखसहित ८ र स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।