इलाम–२ मा एमालेका सुहाङ नेम्वाङले लिए अग्रता, ३४५ मतले अघि

-


     मर्दी न्युज    
     वैशाख १५ गते २०८१ मा प्रकाशित


काठमाडौं । इलाम–२ को निर्वाचनको पछिल्लो मतगणनाअनुसार नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता लिएका छन् ।

फाकफोकथुम गाउँपालिकाको ४ वटा वडाको मतगणना हुँदा नेम्वाङले दुई हजार ५४२ मत पाएका छन् । वडा नं ३ को मतगणना हुँदासम्म पहिलो स्थानमा रहेका कांग्रेस उम्मेदवार डम्बर खड्का ३४५ मतले पछाडि परेका छन् । उनले दुई हजार १९७ मत पाएका छन् ।

त्यसैगरी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुले ५९३ मत ल्याएर तेस्रो स्थानमा छन् । रास्वपाका उम्मेदवार मिलन लिम्बु ३७९ मत ल्याएर चौथो स्थानमै छन् । यसअघिसम्म कांग्रेसका खड्का केही मतले अग्रता लिए पनि अहिले एमालेका सुहाङले आफ्नो मत बढाएर अग्रता लिएको हो ।