गण्डकीका मुख्यमन्त्री अधिकारी पदमुक्त

-


     मर्दी न्युज    
     जेठ १३ गते २०८१ मा प्रकाशित


पोखरा । सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त भएको फैसला सुनाएको छ । मुख्यमन्त्री अधिकारीले लिएको विश्वासको मतविरुद्ध पूर्वमुख्यमन्त्री सुरेन्द्र पाण्डेले हालेको रिट जारी हुने आदेश सर्वोच्च अदालतले गरेको हो ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा सभामुख कृष्णप्रसाद धितालले ३० जनाको समर्थनमै मुख्यमन्त्री खगराजले विश्वासको मत पाएको घोषणा गरेका थिए । जबकी संविधान अनुसार ३१ प्रदेशसभा सदस्यले समर्थन गर्नुपर्ने व्यवस्था छ ।

सर्वोच्चका न्यायाधीश कुमार रेग्मी र सुनील पोखरेलको इजलासले अधिकारीलाई पदमुक्त गर्दै ठूलो दलको हैसियतमा सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ ।