गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

-


     मर्दी न्युज    
     २८ जेष्ठ २०८१ मा प्रकाशित


पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन् ।

सोमबारको प्रदेश सभा बैठकमा माओवादीको चिह्नबाट चुनाव जितेका फणिन्द्र देवकोटाले फ्लोरक्रस गरेपछि पाण्डेलाई विश्वासको मत प्राप्त भएको हो ।

पाण्डेको पक्षमा कांग्रेसका २७, राप्रपाका २, स्वतन्त्र १(राजीव गुरूङ) र माओवादी चुनाव चिह्नबाट विजयी नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटा गरी ३१ सांसदले मतदान गरेका हुन् ।

पाण्डेका पक्षमा ३१ सांसदले मत दिएकाले विश्वासको मत प्राप्त भएको सभामुख कृष्णप्रसाद धितालले घोषणा गरे ।