सरोज के लामाको शब्द संगीत र स्वरमा ’साझँ पर्नु अघि’ सार्वजनिक

-


     मर्दी न्युज    
     असार ३ गते २०८१ मा प्रकाशित


काठमाडौं । चौध वर्ष अगाडि लाखौ कोसिश गर्दा पनि तिमीलाई भुल्न गार्हो भो गीतमा संगीत भरेर चर्चामा आएका गायक सरोज के लामाको शब्द संगीत र स्वरमा रहेको ’साझँ पर्नु अघि’ गीतको भिडियो सार्वजनिक भएको छ । यथार्थ कथामा निर्माण भएको गीति भिडियोमा प्रेम र विछोडलाई निकै आकर्षक ढंगबाट समेटिएको छ । एक सफल संगीतकार मात्र नभई एक सफल गीत रेकर्डिङ्ग स्टुडियो संचालक समेत हुन ।

साथी भेट्न गएकी प्रेमी आफुलाई गुधुली साँझ हुदाँ पनी नआएको अवस्थालाई गीतमा चित्रण गरिएको छ । आफनो प्रेमीकाले अर्काको अँगालोमा बेरिँदाको विरही भावहरुलाई गीतमा चित्रण गरिएको छ । आफनो मायालाई सुन्दर ठाउँ पुयाउनको लागी अग्रसर भएको अवस्थामा छोडेर प्रेमीका जादाँ आफुलाई अफटयारो महसुस भएको कुरा गीतमा गरिएको छ ।

सरोजराज गिरीको छायाँकन, रोशन धितालको सम्पादन तथा सरोज के लामाको निर्देशनमा भिडियो तयार गरिएको छ । ‘साझँ पर्नु अघि’ राम स्यानताङ, पूर्णिमा मगर, विजय लामाको फिचरिङ रहेको छ । गीतको भिडियो तथा अडियो पक्ष अब्बल भएको कारणले पनि आम दर्शक तथा स्रोताले मन पराउनेमा आफु आशावादी रहेको गायक सरोज के लामाले बताए ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस:
https://www.youtube.com/embed/wSBq5RLmNzY?si=3Q7WIl7DqzrPkYzq