कांग्रेस–एमालेबीच सत्ता गठबन्धन गर्ने सहमति, पहिले ओली प्रधानमन्त्री बन्ने

-


     मर्दी न्युज    
     १८ असार २०८१ मा प्रकाशित


काठमाडौँ । दुई ठुला दल नेपाली काँग्रेस र नेकपा एमालेबिच नयाँ सरकार गठन गर्नेबारे सहमति भएको छ । सोमबार मध्यरातमा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाबीच समझदारी भएको हो ।

पहिलो चरणमा एमाले अध्यक्ष ओली र दोस्रो चरणमा काँग्रेस सभापति देउवाले सरकार चलाउने छन् ।

ओली नेतृत्वको सरकारमा एमालेले अर्थ मन्त्रालयसहित ९ वटा मन्त्रालय र गृह मन्त्रालयसहित नेपाली कांग्रेसले १० वटा मन्त्रालय लिने प्रारम्भिक सहमति छ ।